Dhulikhel Eco Banner new

झिनो अंकले घटयो शेयर बजार, कारोबार रकम घट्यो

442
shares

काठमाडौं, २९ जेठ । शुक्रवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ४ अंकले घटेर २७२४.०३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ३४ करोड कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.६६ प्रतिशतका दरले गुमाएका छन् ।