झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ जेठ २९ शुक्रवार १६:४१
shares

काठमाडौं, २९ जेठ । काठमाडौं, २९ जेठ । शुक्रवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ४ अंकले घटेर २७२४।०३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ३४ करोड कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.६६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि १०.७५ प्रतिशत डिबेन्चर २०८९का लगानीकर्ताले ७.०३ प्रतिशतका दरले गुमाएका छन् भने ७ प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०९० ले ५.४४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सप्तकोशी विकास बैंक लिमिटेडका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका छन् भने १० प्रतिशत केबीएल डिबेन्चर २०९०का लगानीकर्ताले ३.५० प्रतिशतका दरले गुमाएका छन् ।















