झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ जेठ २९ शुक्रवार १६:४८
shares

काठमाडौं, २९ जेठ । शुक्रवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ४ अंकले घटेर २७२४.०३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ३४ करोड कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि एपोलो हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने हरित विकास बैंक लिमिटेडका लगानीकर्ताले १३.३१प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि १० प्रतिशत सानिमा बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले ६.४७ प्रतिशतका दरले कमाएका छन् भने सिद्धार्थ लगानी वृद्धि योजना ३ का लगानीकर्ताले ४.१७ प्रतिशतका दरले कमाएका छन् ।















