Dhulikhel Eco Banner new

पिपिए नखुल्दा १६ हजार मेगावाटका आयोजना प्रतीक्षामा : गणेश कार्की

624
shares

काठमाडौं, २९ जेठ । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान), नेपालका अध्यक्ष गणेश कार्कीले “टेक एन्ड पे” आधारमा मात्र पिपिए गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । २४औँ वार्षिक साधारण सभामा बोल्दै इप्पानका अध्यक्ष कार्कीले आपत्ति जनाएका हुन ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सपथ ग्रहण गरेको दिनमै “राइट म्यान इन राइट प्लेस” भन्ने महशुस गरेको अवगत गराए । कार्यक्रममा विभिन्न संघसंस्थाको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्दै उनले कार्यक्रम सफल बनाउन सबैको योगदान महत्त्वपूर्ण रहेको बताए।कार्कीले ऊर्जा क्षेत्रको विकासबारे बोल्दै भने, “यदि निजी क्षेत्रका लगानीकर्ताहरू यो क्षेत्रमा प्रवेश नगरेका भए आज पनि हामी लोडसेडिङकै अवस्थामा रहने थियौं।” उनले अब फरक सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनका अनुसार १५ हजार मेगावाट बिजुली बिक्री गर्ने सरकारको निर्णय सकारात्मक भएको उल्लेख गर्दै यसमा निजी क्षेत्रले मेहनत गरेको बताए। तर, सरकारबाट एकातिर प्रोत्साहन र अर्कोतिर अवरोध सिर्जना भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

कार्कीले १८० दिनभित्र पिपिए नगर्ने नीति र “टेक एन्ड पे” आधारमा मात्र पिपिए गर्ने निर्णयप्रति आपत्ति जनाउँदै यसलाई हटाउन माग गरिएको जानकारी दिए। “कम्तिमा १८० दिनभित्र पिपिए खुल्छ भन्ने अपेक्षामा लगानीकर्ताहरू बसेका छन्,” । १६ हजार किलोवाट विद्युत् उत्पादनका आयोजना पिपिएका लागि पर्खाइमा रहेको कार्कीले बताए।

वन क्षेत्रसँग सम्बन्धित समस्याबारे बोल्दै कार्कीले ३८ वटा फाइल वन मन्त्रालयमा अड्किएको र आयोजना अघि नबढाउन निर्देशन आएको जानकारी िदए । “वनले रुख काट्न अनुमति नदिँदा २०७७ सालमा पिपिए भएका आयोजनाहरू समेत अगाडि बढ्न सकेका छैनन्,” उनले भने ।

उनले थपे, “रेकर्ड थप्नुस् भन्दा राज्यलाई घाटा लाग्छ भन्ने जवाफ आउँछ, जसले लगानीकर्तालाई निराश बनाएको छ।”

कार्यक्रममा उनले सरकारलाई सम्बोधन गर्दै भने, “यदि १०० बुँदामा उल्लेख गरिएका कुराहरू मात्रै कार्यान्वयन गरिए पनि धेरै समस्या सहज रूपमा समाधान हुने थिए। सरकार र जनताको सपना एउटै हो, र हामी त्यसमा सँगै छौं।”