Dhulikhel Eco Banner new

दोर्दी खोला जलविद्युतको स्थगित विशेष साधारणसभा असार ९ गते हुने

754
shares

काठमाडौं, २ असार । असार १ गते स्थगित भएको दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको विशेष साधारणसभा असार ९ गते बोलाइएको छ । हिमशिखर पार्टी भेन्यू, चापागाउँ, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।

असार १ गते गणपूरक संख्या नपुगेकाले स्थगित सभामा भाग लिन आफै उपस्थित हुन नसक्ने सदस्यहरूले प्रतिनिधि मनोनयन गरेर पठाउन कम्पनीले अनुरोध गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनलगायत विविध प्रस्ताव पारितका लागि विशेष साधारणसभा बोलाएको थियो ।

सभाका लागि जारी पूँजी संशोधनसहितको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव तय भएको थियो । विद्युत नियमन आयोगबाट ६० लाख ८२ हजार ५४९ दशमलव ९२६३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाइसकेको कम्पनीले उक्त प्रस्तावलाई पनि सभाबाट पारित गराउने र त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्ने तयारी थियो ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले २८ दशमलव ८५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ ।