Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

1.12K
shares

काठमाडौं, २ असार । राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ सिउरेनीटारमा शाखा कार्यालय सिउरेनीटार असार १ गते देखि सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी बैंकले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको सिंजा गाउँपालिका वडा नं ३ नराकोटमा शाखा कार्यालय सिंजा गत जेठ २६ गते देखि सञ्चालनमा ल्याएको थियो ।उपरोक्त शाखाहरु सञ्चालनमा आएसंगै राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या ३१६ पुगेको छ ।

वि।सं। २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।