Dhulikhel Eco Banner new

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ७८० जना सम्मानित

585
shares

काठमाडौं, १८ साउन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा देशभरबाट आएका एक हजारभन्दा बढी सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।कार्यक्रममा कम्पनीले नयाँ आई–सोलुसन प्रणाली ‘भर्सन नेक्स्ट’ सार्वजनिक गर्दै डिजिटल रूपान्तरणतर्फको नयाँ यात्रा सुरु गरेको जनाएको छ।

आधुनिक प्रविधिमा आधारित उक्त प्रणालीले सेवा प्रवाहलाई अझ प्रभावकारी, सुरक्षित र ग्राहकमैत्री बनाउने विश्वास व्यक्त गरिएको छ।कार्यक्रमको अर्को आकर्षण ह्युमानोइड रोबोट र रोबोटिक डगको प्रस्तुति रहेको थियो।

साथै हास्य कलाकार सुन्दर खनाल तथा कम्पनीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

अध्यक्ष प्रदीपजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार अधिकृत भूषण रिमाललगायतले कम्पनीको भावी रणनीति, नेतृत्व विकास र उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान गरिएको थियो।

बुटवल शाखा देशकै उत्कृष्ट शाखा घोषित भएको छ भने भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर, नितेश श्रेष्ठ उत्कृष्ट सिटिजन लिडर, गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता तथा दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने अभिकर्ताका रूपमा सम्मानित भएका छन्।

कम्पनीले यस्ता कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडरलाई थप प्रेरित गर्दै बीमा सेवाको विस्तार, गुणस्तरीय सेवा प्रवाह र संस्थागत उत्कृष्टतालाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।