Dhulikhel Eco Banner new

यस्तो बन्दै छ प्रभु र सेञ्चुरी मर्जर पछिको बैंक,चुक्ता पुँजी २२ अर्ब

5.07K
shares

काठमाडौं, २५ असार । पछिल्लो समय बैंकको मर्जरको विषयले निकै चर्चा पाइरहेको छ । कति बैंकको मर्जर सफल भएको छ भने कति बैंकको मर्जर कार्य अन्तिम चरणमा आएर भाँडिएको पनि छ ।

राष्ट्र बैंकले नै असार मसान्त भित्र मर्जरसम्बन्धी सम्झौता गर्नका लागि बैंकहरुलाई आग्रह गरिसकेको छ । अब असार सकिनका लागि केही दिन मात्रै बाँकी रहेको छ । यो अवस्थामा बैंकहरु पार्टनर खोज्नका लागि तिव्रताका साथ लागि रहेका छन् ।

प्रभु बैंक र सेञ्चुरी बैंक मर्जरका लागि अहिले अन्तिम छलफलमा जुटि रहेका छन् । दुवै बैंकका संचालकहरूले पनि मर्जरको लागि छलफल गरिरहेका छन् । दुई बैंकले आन्तरिक समिति बनाएर मर्जका विषयमा छलफल गरिरहेका छन् । दुई बैंक बीच असारको अन्तिम हप्ता मर्जरको सम्झौता गर्ने गरी छलफल भइरहेको छ ।

माछापुच्छ्रे बैंकसँग मर्जको प्रस्ताव सफल नभए पछि सेञ्चुरी बैंक अर्को पार्टनरको खोजिमा रहेको छ । त्यसका लागि उसले प्रभुसँग छलफल गरिरहेको हो । दुई बैंकले सुरुमै स्वाप रेसियो टुङ्ग्याएर मात्रै बाँकी कुरा अगाडि बढाउने तयारी गरिरहेका छन् । यसमा पनि सहमति हुने सेञ्चुरी बैंक उच्च स्रोतले बतायो ।

स्रोतका अनुसार स्वाप रेसियोमा सेञ्चुरीले प्रभुसँग १०० बराबर ९५ हुने गरि माग गरेको छ । तर प्रभुले भने ९० दिन तयार रहेको बुझिएको छ । सेञ्चुरीले करिब दुई सातासम्म माछापुच्छ्रेसँग छलफल गरे पनि स्वाप रेसियोमा कुरा नमिलेपछि मर्जरबाट पछि हटेको थियो ।

यि दुई बैंक मर्जर पछि बन्ने बैंकको चुक्ता पुँजी २२ अर्ब पुग्ने छ । अहिले सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।