Dhulikhel Eco Banner new

सहज छैन बीमामा मर्जर, सहमति भएका पनि भाडिदैं

8.15K
shares

काठमाडौं, २६ असार । बीमा कम्पनीहरु यतिबेला मर्जरका लागि अन्तिम कसरतमा छन् । ७ वटा बीमा कम्पनीहरुले मर्जरका लागि सम्झौता नै गरिसकेका छन् भने केही कम्पनीहरु मर्जर सहमतिका लागि प्रयासरत छन् ।

जसमा ५ जीवन बीमा कम्पनी र २ निर्जीवन बीमा कम्पनीले एमओयु गरेर बीमा समितिमा बुझाएका हुन् ।

बीमा समितिले पुँजी वृद्धिका लागि बीमा कम्पनीहरुलाई आग्रह गरे अनुसार अहिले बीमा कम्पनीहरु मर्जरका लागि प्रक्रिया जारी राखेका छन् । कम्पनीहरुले मर्जरको लागि छलफल गरिरहेको एमओयु गरेर जानकारी दिनेको संख्या ७ वटा मात्रै रहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

नेपालमा जीवन बीमा कम्पनी १९ वटा र निर्जीवन बीमा कम्पनीको संख्या २० रहेको छ । त्यसमध्ये जीवन बीमा कम्पनीमा ज्योती र सूर्या, युनियन, प्राइम र गुराँस तथा निर्जीवन बीमा तर्फ एभरेष्ट र हिमालयनको एमओयु भएको बीमा समितका कार्यकारी निर्देशक पौडेलले बताए ।

मर्जरमा जाने विषयमा सहमति भएको युनियन, प्राइम र गुरासँ लाईफ इन्सोरेन्स बीच सहमति हुन नसकेको र मर्जर भाडिने सम्भावना बढेकोे छ । यद्यपि, मर्जर भाडिने भन्ने कुरा हल्ला मात्रै भएको युनिएन लाईफ इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले दावी गर्छन् । ‘मर्जर भाडिने कुरा हल्ला मात्रै हो हल्लाको पछि नलाग्नुहोस्, भदौ भित्र मर्जरको काम हुन्छ,’ उनले भने ।

प्राइम लाइफ इन्स्यारेन्सका सीईओ मनोज भट्टराई डिडिए भइरहेको र अहिले नै केही भन्न नसकिने बताउछन् ।

उता नयाँ कम्पनीहरुको मर्जर सम्झौता भइहाल्ने सम्भावना पनि कम देखिएको छ । प्रभु लाइफ इन्स्यारेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्यारेन्स कम्पनीहरुले मर्जरमा जाने विषयमा छलफल गरिरहेको भए पनि ठोस निष्कर्शमा भने पुग्न सकेका छैनन् ।

मर्जरमा जान नचाहने कम्पनी

सञ्चालनमा रहेका केही कम्पनीहरु भने मर्जरमा जानै चाहेका छैनन् । जसको पहिलो नम्बरमा ट नेपाल लाइफ । नेपाल लाइफ इन्स्यारेन्स पुँजीका हिसाबले वलियो कम्पनी हो ।

बीमा समितिले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ । तर अहिले नै तोकिएको पुँजी भन्दा धेरै भएकाले नेपाल लाइफ इन्स्यारेन्सलाई मर्जरमा जानु पर्ने कुनै बाध्यता छैन ।

लाइफ इन्स्यारेन्स कर्पोरेसन पनि मर्जरमा जाने पक्षमा छैन । उता सरकारी कम्पनी राष्ट्रि बीमा संस्थान नियमनकारी निकायको निर्देशन नै अटेरी गर्ने संस्था हो । यो कम्पनीले पनि मर्जरका विषयमा कुनै छलफल गरेकै छैन । सरकारी लगानीको कम्पनी भएका कारण यो कम्पनी मर्जरमा नगई ढुक्कसँग बस्नेछ ।

अमेरिकन लाइफ इन्स्योन्सको शाखा जस्तो रहेको मेट लाइफ पनि मर्जरमा जानेछैन । यसलाई बीमा समितिको निर्देशनले समेत छुदैन । यसबाहेक नेशनल लाइफ इन्स्योरेन्स कम्पनी पनि मर्जरमा नजाने पक्षमा छ ।

४ अर्ब १० करोड रुपैयाँ अहिले नै चुक्ता पुँजी रहेको यस कम्पनीले हकप्रद शेयर जारी गरेर पुँजी पुर्याउने दाउमा छ । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले नै २५ प्रतिशतसम्म अन्तिममा हकप्रद जारी गर्न स्वीकृति दिने धारणा राखेकाले यो कम्पनी ढुक्कसँग बसेको छ ।

क्रश होल्डिङ के हुन्छ ?

क्रश होल्डिङ रहेका कम्पनीहरु अहिले बीमा समितिको टार्गेटमा छन् । विशाल ग्रुप र संघई ग्रुपको मूल्य लगानी रहेका सूर्या लाइफ र ज्योति लाइफ इन्स्यारेन्स कम्पनी सञ्चालनमा छन् । दुई कम्पनीमा यी दुई ठूला व्यवसायिक हाउसको क्रमहोल्डिङ छ । यी दुई कम्पनीहरुले मर्जरमा जाने सहमति गरिसकेका छन् ।

यसबाहेक आईएमई लाइफ र रिलायवल लाइफ इन्स्यारेन्स पनि क्रश होल्डिङ भएका कम्पनीहरु हुन् । यी दुबै कम्पनीमा चन्द्र ढकाल र आइएमई समूहको ठूलो लगानी रहेको छ । यी कम्पनीहरु मर्जरमा जाउन भन्ने समितिको चाहाना भए पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।

जो एकै अघि बढ्न चाहान्छन्

नेपाल लाइफ, नेशनल लाइफ जस्तै एयिशा लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्यारेन्स, सिटिजन लाइफ इन्स्यारेन्स लगायतका कम्पनीहरु पनि एक्लै अघि बढ्न चाहेका छन् । कसरी हुन्छ हकप्रद शेयर जारी गरेर पुँजी पुर्याउने उनीहरुको रणनीति छ ।

आ–आफ्नै अडान, हुन सकेन सम्झौता

बाँकी चार वटा यस्ता कम्पनीहरु छन् । जसको आ–आफ्नै अडानका कारण मर्जर सम्झौता हुन सकेको छैन । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी नाम र सञ्चालक समितिको विषयमा अडान लिएर बसेको छ । जसका कारण अन्य कम्पनीहरुसँग मर्जर हुन सकेको छैन ।

उता प्रभु लाइफ पनि आफ्नो अडान कै कारण अघि बढ्न सकेको छैन । महालक्ष्मी र पूभ मर्जरमा जाने विषयमा सहमतिको प्रयास भए पनि नामका विषयमा नै सहमति हुन सकेको छैन । महालक्ष्मी र सानिमाबीच पनि कुरा भएको थियो । तर दुबै कम्पनीहरुको आ–आफ्नै अडानका कारण सहमति हुन सकेको छैन ।

यो लहर हेर्दा बीमा समितिको मर्जर योजना फेल हुनसक्ने सम्भावना बढेको छ ।