Dhulikhel Eco Banner new

रोकिएन असारे विकास, एकैदिन १५ अर्बको विकास !

7.14K
shares

काठमाडौं, २६ असार । अन्तिम समय आएर विकास बजेट खर्च हुने नेपालको सँस्कृती नै बनिसकेको छ । नेपालमा आर्थिक वर्षको अन्तिम महिना असारमा विकास बजेट निकै धेरै मात्रामा खर्च हुने गरेको छ ।

यो परिपाटी अहिलेको होइन । पुरानै हो । यसै अनुसार चालू आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहेको अवस्थामा बजेट खर्च पनि दिन दिनै बढ्दै गएको छ । शनिबार असार २५ गते मात्रै १५ अर्ब रुपैयाँ विकास बजेट खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार असार महिनाको २५ दिनमा मात्रै २५ अर्ब रुपैयाँ खर्च भएको छ । तथ्यांक अनुसार जेठ मसान्तसम्म १३७ अर्ब रुपैयाँ विकास बजेट खर्च भएको थियो भने असार २५ गतेसम्म आइपुग्दा यो आँकडा १८९ पुगेको छ ।

एक महिनामा भएको विकासल खर्चले वार्षिक लक्ष्यको ५० प्रतिशत समेत छोएको छ । शनिबारसम्मको विकास खर्च हेर्दा ५०.११ प्रतिशत पुगेको हो । चालू आर्थिक वर्षमा सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ ।

विकास खर्चसँगै चालु र वित्तीय व्यवस्थातर्फको भुक्तानी समेत असार लागेसँगै उल्लेख्य मात्रामा बढेको देखिन्छ । ३१ जेठमा १० खर्ब ३५ अर्ब रुपैयाँ रहेको कुल बजेट खर्च २५ दिनमा २ सय २ अर्बले बढेर १२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । यो कुल विनियोजित बजेटको ८९.०५ प्रतिशत हो ।