Dhulikhel Eco Banner new

राष्ट्र बैंकले २२ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै

5.3K
shares

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले रू. २२ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलवार अर्थात् असार २८ गते जारी हुने ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि रू. ८ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो बिल असोज २५ गते परिपक्व हुनेछ ।

त्यसैगरी १८२ दिनको लागि रू. ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ । यो बिल भने आगामी पुस २६ गते परिपक्व हुने राष्ट्र बैंकले जानकारी दिएको छ । त्यस्तै ३६४ दिनका लागि जारी हुने रू. ८ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल आगामी २०८० असार २६ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तिरक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत बोलकबोलमा सहभागि हुन सक्नेछन् ।