Dhulikhel Eco Banner new

स्काईवेलको ‘नाडा अफर’ आजसम्म, त्यसपछि टेस्ट ड्राइभ सुरु हुने

299
shares

काठमाडौं, १४ भदौ  । स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले नाडा अटो शो २०२६ को अवसरमा ल्याएको विशेष ‘नाडा अफर’ आजदेखि सकिँदैछ। कम्पनीका अनुसार नाडा अटो शोको अन्तिम दिन अर्थात् आज आइतबारसम्म बुकिङ गर्ने ग्राहकले मात्रै यो अफरअन्तर्गतको छुट तथा मूल्य सुविधा प्राप्त गर्नेछन्।

कम्पनीले स्काईवेल बीई११ मोडलका विभिन्न भेरियन्टमा नाडा अफरअन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्म छुट उपलब्ध गराएको छ। अफरका कारण अटो शोमा स्काईवेलको मूल्यले विशेष चर्चा पाएको छ।

नाडा अटो शो अवधिभर ४१० किलोमिटर रेन्ज दिने बीई११ इन्ट्री भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, ४१० किलोमिटर रेन्जकै कम्फर्ट भेरियन्ट ५३ लाख ९९ हजार, लक्जरी भेरियन्ट ५४ लाख ९९ हजार तथा ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।

तर, अटो शो समाप्त भएपछि यी गाडीको मूल्य बढ्नेछ। शोपछि ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ हुनेछ। कम्फर्ट भेरियन्टको मूल्य ५५ लाख ९९ हजार, लक्जरी भेरियन्टको ५६ लाख ९९ हजार र ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ।

मूल्यले खिच्यो ध्यान

नाडा अटो शोमा स्काईवेल बीई११ को मूल्यले धेरैको ध्यान आकर्षित गरेको छ। लक्जरी सेग्मेन्टको इलेक्ट्रिक एसयूभी तुलनात्मक रूपमा आकर्षक मूल्यमा सार्वजनिक भएपछि यसको बुकिङमा समेत उल्लेख्य वृद्धि भएको कम्पनीको भनाइ छ।

अटो शो अवधिभर स्काईवेल बीई११ को कति युनिट बुकिङ भयो भन्ने विवरण भने कम्पनीले आज आइतबार साँझ सार्वजनिक गर्ने जनाएको छ।

अब टेस्ट ड्राइभ

अटो शो सकिएसँगै एलआरआर मोटर्सले स्काईवेल बीई११ को टेस्ट ड्राइभ पनि सुरु गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार केही दिनभित्रै ग्राहकले गाडी प्रत्यक्ष परीक्षण गर्न सक्नेछन्।

नाडा अटो शोमा गाडी हेरेर बुकिङ गरेका तथा गाडी खरिद गर्ने योजनामा रहेका ग्राहकका लागि टेस्ट ड्राइभले गाडीको ड्राइभिङ अनुभव, कम्फर्ट र अन्य विशेषता प्रत्यक्ष बुझ्ने अवसर प्रदान गर्नेछ।