आज राष्ट्रियसभाको बैठक बस्दै
वि.सं.२०८३ भदौ १६ मंगलवार १०:४४
559
shares
shares

काठमाडौं, १६ भदौ । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न १ः१५ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने तय गरिएको हो ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा आयोगले आर्थिक वर्षभरि गरेका काम, उपलब्धि तथा आगामी कार्यदिशासम्बन्धी विवरण समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ ।
राष्ट्रियसभाको बैठकमा उक्त प्रतिवेदन पेस भएपछि त्यससम्बन्धी विषयमा आवश्यक छलफल तथा प्रक्रिया अघि बढाइनेछ ।


















