घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ भदौ १६ मंगलवार १०:५९
shares

काठमाडौं, १६ भदौ । स्थानीय बजारमा मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ५ सयले घटेको हो ।
महासंघका अनुसार सुन सोमबार प्रतितोला ३ लाख ६ हजार ६ सयमा कारोबार भएको सुन मंगलबार घटेर ३ लाख ६ हजार १ सयमा कारोबार भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । सोमबार ४ हजार ७ सय ८० मा कारोबार भएको चाँदी घटेर मंगलबार ४ हजार ७ सय ६५ रुपैंया मा कायम भएको हो ।


















