Dhulikhel Eco Banner new

केरुङतर्फको राजमार्ग खुलाउन चीनको तीव्र अभियान, १५८ उद्धारकर्मी र २८ उपकरण परिचालन

1.05K
shares

काठमाडौं, १६ भदौ । दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित बाढीपहिरो प्रभावित केरुङ बन्दरगाहतर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि पहिरो र लेदो हटाउने प्रयास जारी राखिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

नेपालतर्फ उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि आएको विनाशकारी बाढीपहिरोका कारण केरुङ क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको र ५४६ जना अझै बेपत्ता रहेको क्षेत्रीय सरकारले जनाएको छ।

बन्दरगाहतर्फ जाने राष्ट्रिय राजमार्ग जी–२१६ बाढीपहिरोका कारण केही स्थानमा क्षतिग्रस्त भएको छ।

केरुङ काउन्टीको सिन्जियाङ गाउँमा चाइना रेलवे ग्रुप लिमिटेडका १०० भन्दा बढी कामदारहरू सक्रिय रुपमा काम गर्दै ढुंगा भरेर ग्याबियन बक्स तयार पारिरहेका छन्।

चाइना रेलवे कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुपअन्तर्गत तिब्बत इन्जिनियरिङ मुख्यालयका कमान्डर लिउ मिङयुआनले भने, ‘स्थलगत विपद् उद्धार तथा राहत मुख्यालयको एकीकृत निर्देशनअनुसार यस चरणमा मुख्य कामहरूमा राहत सामग्रीको आपूर्ति सुनिश्चित गर्ने, स्टिलले मजबुत बनाइएका ग्याबियन बक्स तयार गर्ने तथा ढुंगा उत्खनन र कच्चा पदार्थ भण्डारणलगायतका आधारभूत सहयोगी काम गर्नु रहेका छन्।’

ग्याबियन बक्स तयार भएपछि तिनलाई विपद् प्रभावित क्षेत्रमा लगिनेछ। सडकका केही जटिल खण्डमा स्टिलले मजबुत बनाइएका ग्याबियन बक्स र ठूला ढुंगाहरू तीव्र गतिमा बगिरहेको नदीमा राखेर सडक संरचनाका लागि थप मजबुत आधार तयार गरिनेछ।

क्षतिग्रस्त जी–२१६ राजमार्गको सफाइ तथा पुनःनिर्माणका क्रममा सरकारी स्वामित्वको चाइना एनेङ कन्स्ट्रक्सन ग्रुपका उद्धारकर्मीहरूले सोमबार पहिलोपटक घटनास्थलमा डोरी–भर्‍याङ जस्ता आकस्मिक उद्धार तथा सुरक्षित निकास मार्ग प्रयोग गरेका छन्।

धेरैवटा जोखिम आश्रयस्थलसँगै गरिएको यो व्यवस्थाले अचानक आउने बाढी, पहिरो तथा अन्य आकस्मिक अवस्थाबाट उद्धारकर्मीहरूको सुरक्षालाई थप मजबुत बनाएको छ।

सोमबार बिहान करिब ११ बजेसम्म उद्धारकर्मीहरूले तीनवटा डोरी–भर्‍याङ जडान गरिसकेका थिए, जसको कुल लम्बाइ करिब १८० मिटर रहेको छ।

अचानक पानीको सतह बढेमा वा पहिरोजस्ता अन्य जोखिम उत्पन्न भएमा उद्धारकर्मीहरूले पूर्वनिर्धारित डोरी–भर्‍याङमार्फत सुरक्षित आश्रयस्थलमा छिटो पुगेर आफूलाई सुरक्षित गर्न सक्नेछन्।

चाइना एनेङले राजमार्ग मर्मतका लागि १५८ जना आपत्कालीन उद्धारकर्मी र एक्स्काभेटर तथा लोडरलगायत २८ वटा उपकरण परिचालन गरेको छ। उनीहरूले पालैपालो अर्थात् निरन्तर सञ्चालन हुने उद्धार तथा पुनःनिर्माण अभियानमार्फत काम गरिरहेका छन्।

चाइना एनेङ ग्रुपका उद्धारकर्मीहरूका अनुसार सोमबार दिउँसोसम्म जी–२१६ राजमार्ग बन्दरगाहबाट १।१ किलोमिटर दूरीसम्म पुनः सञ्चालनमा ल्याइएको थियो।(सीसीटीभीप्लस)