दोहोरो अंकले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ भदौ १७ बुधवार १५:४१
shares

काठमाडौं, १७ भदौ । बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्। यसदिन २ अर्ब ९४ करोड रूपैयाँको कारोबार भएको छ।
दोहोरो अंकले बढेको शेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.८७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका लगानीकर्ताले १०.२३ प्रतिशतका दरले कमाएका छन् भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १०.१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ९.११ प्रतिशतका दरले कमाएका छन् भने रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.९९ प्रतिशतका दरले कमाएका छन् ।


















