दोहोरो अंकले बढ्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ भदौ १७ बुधवार १५:५४
shares

काठमाडौं, १७ भदौ । बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्। यसदिन २ अर्ब ९४ करोड रूपैयाँको कारोबार भएको छ।
दोहोरो अंकले बढेको शेयर बजारमा एनएमबी इनर्जी बन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.८१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि एभरेस्ट बैंक लिमिटेड ऋणपत्रका लगानीकर्ताले ४.९७ प्रतिशतका दरले गुमाएका छन् भने आरबीबी म्युचुअल फण्ड २ का लगानीकर्ताले ४.३३ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि कुथेली बुखारी साना हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले गुमाएका छन् भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ३.२८ प्रतिशतका दरले गुमाएका छन् ।
















