Dhulikhel Eco Banner new

भोटेकोशी बाढीपीडितको राहत र पुनर्निर्माणमा बीमा क्षेत्रको सहयोग

494
shares

काठमाडौं, १८ भदौ । गत भदौ १० गते भोटेकोशीमा आएको बिनासकारी बाढीको कारण हुन गएको अकल्पनीय जनधनको क्षतिप्रति यस नेपाल निर्जिवन बीमा व्यबसायी संघको बसेको बैठकले दुःख प्रकट गर्दै दिवंगतहरुको आत्काको चीरशान्तिको कामना र श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेका छन् । सो बिपत्तीमा परी बेपत्ता भएका व्यक्तिहरुको सकुशल उद्धार हुने आशा प्रकट गर्दै उद्धार कार्यमा अहोरात्र खटिने नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा मित्रराष्ट्रका उद्धारकर्ताहरु प्रति आभार प्रकट गरेका छन् ।

यस बिपत्तीमा परी क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा जनधनको विवरण प्राप्त भएपछि सोको दावी भुक्तानी गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी भुक्तानी गरिने प्रतिवद्धता समेत बैठकले गरेको छ । यस दैवी बिपत्तीमा नागरिकहरुको राहत, पुनस्र्थापना, पुनर्निर्माणमा बीमा कम्पनीहरुले योगदान गर्नुपर्ने बिषयलाई गम्भीरतापूर्वक लिई भदौ १७ गते नेपाल निर्जीवन बीमा व्यवसायी संघ तथा यसमा आवद्ध निर्जीवन बीमा कम्पनीहरुले आ–आफ्नो तर्फबाट गरिएको योगदान रकम रु. तीन करोड सतचालिस लाख रुपैयाँ संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कम्पनीहरुका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् । योगदान गर्ने संघ लगायतका कम्पनीहरुमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लि., सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि., नेपाल इन्स्योरेन्स लि., नेको इन्स्योरेन्स लि., प्रभु इन्स्योरेन्स लि., युनाइटेड अजोड इन्स्योरेन्स लि., सानिमा जिआईसी इन्स्योरेन्स लि., हिमालयन एभरेष्ट इन्स्योरेन्स कं.लि. रहेका छन् ।

साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि., हिमालयन एभरेष्ट इन्स्योरेन्स कं.लि. र युनाइटेड अजोड इन्स्योरेन्स लि. का कर्मचारीबाट गरिएको योगदान रु. छब्बीस लाख तेइस हजार अठार रुपैयाँ समेत हस्तान्तरण गरेका छन् ।

साथै एनएलजी इन्स्योरेन्स लि., र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लि., ले यसअघि नै सहयोग राशी हस्तान्तरण गरिसकेका छन् भने बांकी कम्पनीहरुले समेत योगदान गर्ने क्रममा रहेका छन् ।