Dhulikhel Eco Banner new

सिवाइसी नेपाल लघुवित्तद्वारा बाढीपीडितका लागि ८ लाख ६१ हजार सहयोग

1.53K
shares

काठमाडौं, १७ भदौ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ८ लाख ६१ हजार ६ सय ९४ रुपैयाँ सहयोग गरेको छ।

संस्थाले बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकप्रति सहानुभूति जनाएको छ।

बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, विपद्का कारण सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका ग्राहक, सरकारी निकाय तथा विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी र उनीहरूका परिवारले भोग्नुपरेको पीडाप्रति पनि संस्थाले सहानुभूति जनाएको छ।

विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिवाइसी नेपाल लघुवित्त संस्था तथा संस्थाका कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरिएको संस्थाले जनाएको छ।

संस्थाले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सम्बन्धित सरकारी निकाय, संघसंस्था तथा नागरिक समाजलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत अपिल गरेको छ।