सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सामान्य सुधार
वि.सं.२०८३ भदौ १८ बिहीवार १५:१५
shares

काठमाडौं, १८ भदौ । बिहिबार शेयर बजार सामान्य अंकले बढेको छ। शेयर बजार ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ४६ करोड रूपैयाँको कारोबार भएको छ।
सामान्य अंकले बढेको शेयर बजारमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.७६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि प्योर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.३३ प्रतिशतका दरले गुमाएका छन् ।


















