Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक

650
shares

काठमाडौं, १८ भदौ । बिहिबार शेयर बजार सामान्य अंकले बढेको छ। शेयर बजार ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ४६ करोड रूपैयाँको कारोबार भएको छ।

सामान्य अंकले बढेको शेयर बजारमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.७६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि चिर्ख्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ८.५६ प्रतिशतका दरले कमाएका छन् भने आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ८.२९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ७.८४ प्रतिशतका दरले कमाएका छन् भने माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ६.४५ प्रतिशतका दरले कमाएका छन् ।