सामान्य अंकले बढ्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ भदौ १८ बिहीवार १५:३४
shares

काठमाडौं, १८ भदौ । बिहिबार शेयर बजार सामान्य अंकले बढेको छ। शेयर बजार ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ४६ करोड रूपैयाँको कारोबार भएको छ।
सामान्य अंकले बढेको शेयर बजारमा प्योर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.३३ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ६.१० प्रतिशतका दरले गुमाएका छन् भने सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ५.७६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४.३८ प्रतिशतका दरले गुमाएका छन् भने सानिमा ग्रोथ फन्डका लगानीकर्ताले ३.७० प्रतिशतका दरले गुमाएका छन् ।


















