Dhulikhel Eco Banner new

हरितालिका तीजमा पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

975
shares

काठमाडौं, २९ भदौ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । आजका दिन महिलाहरू व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।