घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ भदौ २९ सोमवार ११:१७
533
shares
shares

काठमाडौं, २९ भदौ । स्थानीय बजारमा सोमबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य १ हजार २ सयले घटेको हो ।
महासंघका अनुसार सुन आइतबार प्रतितोला ३ लाख २ हजार २ सयमा कारोबार भएको सुन सोमबार घटेर ३ लाख १ हजारमा कारोबार भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । आइतबार ४ हजार ६ ६० रुपैंया मा कारोबार भएको चाँदी घटेर सोमबार ४ हजार ६ सय २० रुपैंया मा कायम भएको हो ।

















