Dhulikhel Eco Banner new

सार्थक कार्कीको दोस्रो पुस्तक ‘Dagger of the Mind’ बजारमा आउँदै

442
shares

काठमाडौं, ४ असोज ।

नेपाल राष्ट्र बैंकका उपनिर्देशक तथा लेखक सार्थक कार्कीको दोस्रो पुस्तक ‘Dagger of the Mind’ बजारमा आउने तयारीमा रहेको छ । अर्थशास्त्र तथा अर्थतन्त्रसँग सम्बन्धित जटिल विषयलाई सरल र सहज भाषामा प्रस्तुत गर्ने उद्देश्यले लेखिएको पुस्तक करिब दुई सातापछि औपचारिक रूपमा सार्वजनिक हुने भएको हो ।

करिब २६० पृष्ठ र ५८ हजार शब्द रहेको पुस्तकमा अर्थशास्त्रसँग सम्बन्धित १२ वटा निबन्ध समावेश गरिएको छ । पुस्तकमा राजनीतिक अर्थशास्त्र तथा नेपाली अर्थतन्त्रसँग जोडिएका विभिन्न विषय, विचार र प्रश्नलाई सरल तथा स्पष्ट शैलीमा प्रस्तुत गरिएको लेखक कार्कीले बताएका छन् ।

अर्थशास्त्रलाई प्राविधिक शब्दावली र जटिल अवधारणाले भरिएको विषयका रूपमा बुझिने गरेको अवस्थामा ‘Dagger of the Mind’ मार्फत राजनीतिक अर्थशास्त्रका जटिल तथा पेचिला विषयलाई सामान्य पाठकले समेत सहज रूपमा बुझ्न सक्ने गरी प्रस्तुत गर्ने प्रयास गरिएको कार्कीको भनाइ छ ।

यो कार्कीको दोस्रो पुस्तक हो । पुस्तकमा नेपाली अर्थतन्त्र, राजनीतिक अर्थशास्त्र तथा अर्थशास्त्रका विविध पक्षमा रुचि राख्ने पाठकका लागि उपयोगी सामग्री समेटिएको जनाइएको छ ।

पुस्तकको भूमिकाकारका रूपमा अर्थशास्त्री तथा पूर्वमुख्यसचिव डा. बिमल कोइरालाले भूमिका लेखेका छन् । शाङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तक देशभरका प्रमुख पुस्तक पसलमा उपलब्ध हुने बताइएको छ । साथै, विभिन्न अनलाइन प्लेटफर्ममार्फत समेत पुस्तक खरिद गर्न सकिनेछ ।

अर्थशास्त्रका जटिल विषयलाई सरल भाषामा प्रस्तुत गर्ने प्रयाससहित लेखक सार्थक कार्कीको ‘Dagger of the Mind’ सार्वजनिक हुन लागेको हो ।