Dhulikhel Eco Banner new

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

494
shares

काठमाडौं, ५ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। हाल उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको देखिन्छ साथै उक्त प्रणाली थप बलियो बन्दै पश्चिमउत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै बागमती र गण्डकी प्रदेशको हिमाली भू(भागमा साधारणतया बादल लागेको छ । कोशी र मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया बादल, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भू(भागको थोरै स्थानमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी भूभाग तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।