घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असोज ५ सोमवार ११:१६
481
shares
shares

काठमाडौं, ५ असोज । स्थानीय बजारमा सोमबार सुनको मुल्य घटेकोको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य १ हजार ३ सयले घटेको हो ।
महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ५ हजार २ सयमा कारोबार भएको सुन सोमबार घटेर ३ लाख ३ हजार ९ सयमा कारोबार भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आइतबार ४ हजार ७ सय ९५ रुपैंया मा कारोबार भएको चाँदी बढेर सोमबार ४ हजार ८ सय ५ रुपैंया मा कायम भएको हो ।

















