Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक

533
shares

काठमाडौं, ७ असोज । शुक्रबार शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५३ वटाको घटेको छ। यस्तै, २ कम्पनी स्थिर छन्। यसदिन ६ अर्ब ३५ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले घटेको शेयर बजारमा फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.५४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ५.७२ प्रतिशतका दरले गुमाएका छन् भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि इङ्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.२२ प्रतिशतका दरले गुमाएका छन् भने प्योर इनर्जी लिमिटेडका लगानीकर्ताले ४.७९ प्रतिशतका दरले गुमाएका छन् ।