दोहोरो अंकले घट्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असोज ७ बुधवार १५:१९
shares

काठमाडौं, ७ असोज । शुक्रबार शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५३ वटाको घटेको छ। यस्तै, २ कम्पनी स्थिर छन्। यसदिन ६ अर्ब ३५ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
दोहोरो अंकले घटेको शेयर बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५.०० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.४४ प्रतिशतका दरले कमाएका छन् भने निफ्रा ग्रीन इनर्जी डिबेन्चरका लगानीकर्ताले ५.०४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि प्राइम डिबेन्चरका लगानीकर्ताले ३.८४ प्रतिशतका दरले कमाएका छन् भने ग्लोबल आइएमई सम्मानित योजना–२ का लगानीकर्ताले ३.७० प्रतिशतका दरले कमाएका छन् ।

















