आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना
वि.सं.२०८३ असोज ७ बुधवार १२:३०
299
shares
shares

काठमाडौं, ७ असोज । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि भारीदेखि अति भारी वर्षा हुन सक्ने संकेतसहित पूर्वानुमान जारी गरेको छ।
बुधबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा सम्भावना छ भने राति थप ठाउँमा भारी वर्षा पर्न सक्छ।
बिहीबार र शुक्रबार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न स्थानमा भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा हुने अनुमान छ।

















