Dhulikhel Eco Banner new

मनसुन बाहिरियो, दशैंमा मौसम कस्तो रहला ?

559
shares

काठमाडौँ,२८ असोज । नेपालबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार (असोज २८) देखि देशभरबाट मनसुन बाहिरिएको हो ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष १२ दिन ढिलो गरी मनसुन बाहिरिएको हो ।

मनसुन बाहिरिएसँगै दशैंमा लगातार वर्षा हुने सम्भावना कम भए पनि पानी नै पर्दैन भन्ने निश्चित भने छैन । स्थानीय वायु र पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा हुन सक्ने विभागले जनाएको छ ।

यसअघि असोज १७ गतेदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका पश्चिमी भूभाग र गण्डकीका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो । त्यसपछि क्रमशः देशका अन्य भागबाट पनि मनसुन बाहिरिएको हो ।

मनसुन बाहिरिए पनि मौसममा परिवर्तन आउन सक्ने भएकाले दशैंमा यात्रा गर्ने र टीका लगाउन आफन्तकहाँ जानेहरूले मौसमसम्बन्धी पछिल्लो जानकारी लिएर यात्रा गर्नु उपयुक्त हुन्छ ।

त्यसैले यसपालिको दशैंमा मौसमले केही सहजता दिन सक्ने देखिए पनि छाता र वर्षाबाट जोगिने तयारीलाई पूर्ण रूपमा बेवास्ता नगर्न मौसमविद्हरूको सुझाव छ ।