Dhulikhel Eco Banner new

कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा सम्पन्न

598
shares

काठमाडौं, २८ असोज । कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा २०८३ साल असोज २८ गते बुधबारका दिन काठमाण्डौंको सुवर्ण सम्शेर सडक स्थीत सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा सम्पन्न भएको छ ।

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८२/८३ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरियो । साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीहरुका लागि प्रस्ताव गरिएको कुल २.१०५३% (करसहित) लाभांश पारित गरेको छ ।

विगत २५ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २७९ शाखा सञ्जाल, २९४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।