Dhulikhel Eco Banner new

सार्वजनिक यातायातका यात्रुलाई सास्ती दिएको आरोपमा तीन जना पक्राउ

364
shares

काठमाडौँ,२८ असोज । सार्वजनिक यातायातका यात्रुलाई दुःख तथा हैरानी दिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशालकुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जनकुमार र सिरहाका ५१ वर्षीय रामकलेवर यादव रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले सार्वजनिक यातायातका यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोप छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि तीन दिनको म्याद लिएको जनाएको छ ।