Dhulikhel Eco Banner new

मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्का पक्राउ

1.21K
shares

काठमाडौं, २९ असोज। मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
उनलाई ललितपुरबाट बिहीबार पक्राउ गरिएको ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । मलेसियामा रोजगारीमा जाने कामदारहरूलाई आर्थिक भार थप्नेगरी बढी पैसा लिएर ‘सिण्डीकेट’ चलाएको आरोपमा ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।

खड्काको समूहले तोकेको स्वास्थ्य संस्थामा कामदारहरूको स्वास्थ्य परीक्षण गरिँदै आएको थियो । खड्का स्वास्थ्य व्यवसायी सङ्घका अध्यक्ष र वैदेशिक रोजगार बोर्डका सदस्य थिए ।

यसअघि पनि भिएलएन, वान स्टप सेन्टर र जिएसजी लगायतका संयन्त्रमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो ।