Dhulikhel Eco Banner new

सामान्य अकंले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सामान्य बढ्यो

260
shares

काठमाडौं, ३० असोज । शुक्रबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ८८ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

सामान्य अंकले बढेको शेयर बजारमा चिर्ख्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.८२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.८४ प्रतिशतका दरले गुमाएका छन् ।