सामान्य अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असोज ३० शुक्रवार १५:२८
shares

काठमाडौं, ३० असोज । शुक्रबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ८८ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
सामान्य अंकले बढेको शेयर बजारमा चिर्ख्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.८२ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडका लगानीकर्ताले १२.४६ प्रतिशतका दरले कमाएका छन् भने शुभम् पावर लिमिटेडका लगानीकर्ताले ८.५८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताले ७.४७ प्रतिशतका दरले कमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.७३ प्रतिशतका दरले कमाएका छन् ।

















