सामान्य अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असोज ३० शुक्रवार १५:३६
shares

काठमाडौं, ३० असोज । शुक्रबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ८८ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
सामान्य अंकले बढेको शेयर बजारमा एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.८४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ४.९८ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ३.१६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि एसबीएल डिबेन्चर २०९१ का लगानीकर्ताले ३.०० प्रतिशतका दरले गुमाएका छन् भने मञ्जुश्री फाइनान्स लिमिटेडका लगानीकर्ताले ३.०० प्रतिशतका दरले गुमाएका छन् ।
















