Dhulikhel Eco Banner new

सशस्त्र प्रहरी बलमा कुकुर तिहार, विस्फोटक पदार्थ पत्ता लगाउनेदेखि उद्धारसम्मका सीप प्रदर्शन

221
shares

काठमाडौं, २२ कात्तिक। सशस्त्र प्रहरी बल नेपालले कुकुर तिहारका अवसरमा काठमाडौंको बलम्बुस्थित केन्द्रीय कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरी तालिमप्राप्त कुकुरहरूको पूजा तथा सम्मान गरेको छ।

कार्यक्रममा तालिमप्राप्त कुकुरहरूले विस्फोटक पदार्थ पत्ता लगाउने, अपराधीको खोजी गर्ने तथा विपद्का बेला उद्धार कार्यमा सहयोग पुर्‍याउने सीप प्रदर्शन गरेका थिए।

कार्यक्रममा भोटेकोशी विपद्का बेला खोज तथा उद्धार कार्यमा खटिएका कुकुरहरूको योगदानसमेत स्मरण गरिएको थियो। उक्त विपद्मा परिचालित तीनवटा कुकुरले २० वटा शव पत्ता लगाउन सहयोग गरेका थिए।

कार्यक्रमको अन्त्यमा कुकुरहरूलाई टीका लगाइदिने, माला पहिर्‍याउने तथा विशेष परिकार खुवाएर सम्मान गरिएको थियो।

सुरक्षा तथा विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तालिमप्राप्त कुकुरहरूको योगदानको कदर गर्दै सशस्त्र प्रहरीले हरेक वर्ष कुकुर तिहार मनाउँदै आएको छ।