Dhulikhel Eco Banner new

सुनको मूल्य एकैदिन १२ हजारभन्दा बढीले घट्यो, चाँदी पनि सस्तियो

1.01K
shares

काठमाडौं, ४ मंसिर । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ । यस दिन सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घट्दा चाँदी २२५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्ला दिनहरूमा नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।