Dhulikhel Eco Banner new

‘डन लेडी बैंकर’ भनेर चिनिने पन्त प्रभु बैंकबाट बर्खास्त

8.27K
shares

काठमाडौं, २ मंसिर । कुनै बेला प्रभु बैंककी सबैभन्दा शक्तिशाली कर्मचारी मानिने रश्मी पन्त बैंकबाट बर्खास्तमा परेकीमा छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले पन्तलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेका हुन् ।

तत्कालीन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहितका अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि पन्त फरार बनेकी थिइन् । शेरचन सीईओ हुँदा पन्तको बैंकमा हालिमुहाली थियो ।

प्रभु बैंकमा मात्रै होइन बैंकिङ क्षेत्रमै ‘डन लेडी बैंकर’ भनेर पन्तको चर्चा हुने गथ्र्यो । बैंकमा भएका गैरकानूनी कामहरु बाहिर नआउञ्जेल सीईओ भन्दा शक्तिशाली देखिएकी पन्त सीईओ पक्राउ पछि भने फरार थिइन् । पछि धरौटीमा रिहा भएपनि बैंकमा हाजिर भने भएकी थिइनन् ।

हाजिर हुन आउने सुइको पाएपछि उनलाई बर्खास्त गरेर प्रभु बैंकले सूचना सुर्कलर गरेको छ । बैंकका अनुसार कर्जा लगानी गर्दा कानूनी प्रक्रिया नपुर्याई मनपरी कर्जा लगानी गरेको आरोप लगाइएको छ ।