प्रि-ओपन सेसनमा नेप्से ०.३३ अंकले बढ्यो, १२ कम्पनीको सेयर मूल्य उकालो
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १०:५५
shares

काठमाडौं, ४ मंसिर । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार ३.६२ अंकले बढेर २ हजार ६२८.६७ विन्दुमा बन्द भएको नेप्से शुक्रबार प्रि-ओपन सेसनमा ०.३३ अंकले बढेर २ हजार ६२९ विन्दुमा पुगेको हो । यस अवधिमा सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंकले घटेको छ ।
शुक्रबारको प्रि-ओपन सेसनमा ४५ वटा कम्पनीको ८२ पटक कारोबार भएको छ । उक्त कारोबारमा १४ हजार ५४१ कित्ता सेयर ५४ लाख ६५ हजार १८९ रुपैयाँबराबरमा खरिदबिक्री भएका छन् ।
कारोबार भएका कम्पनीमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

















