सुनको भाउमा सामान्य गिरावट
वि.सं.२०७९ साउन ३ मंगलवार १२:०९
5.84K
shares
shares

काठमाडौं । आज सुनको भाउमा सामान्य गिरावट आएको छ । आज तोलामा २०० रुपैयाँले सुनमा आएको गिरावट छ । त्यसै गरि आज चाँदीको भाउ तोलामा ५ गिरावट आएको छ ।
सोमबारका दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरि, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँ कायम भएको छ ।



















