Dhulikhel Eco Banner new

एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्दै

6.99K
shares

काठमाडौं, ३ साउन । एभेरेष्ट बैंकले लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले नियामक निकाय नेपा धितोपत्र बोर्ड (सेबोन) बाट ऋणपत्र निष्काशनको अनुमति पाएसँगै २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो ।

बैंकले २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ ११ गते सेबोनमा निवेदन पेश गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ६ वर्ष अवधि भएको वार्षिक १०.५ प्रतिशत ब्याज भएको ‘६ वर्ष, १०.५% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८५’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।