जनउत्थान सामुदायिक लघुवित्तमा जागीर खुल्यो (विज्ञापन सहित)
वि.सं.२०७९ साउन ५ बिहीवार ०८:५९
shares

काठमाडौं, ५ असार । जनउत्थन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । व्यवस्थापकीय श्रेणीको लागि एक जना नायव कार्र्यकारी प्रमुख पदमा जारीर खुलेको संस्थाले जनाएको छ ।
उक्त पदको लागि स्नातकोत्तर उत्तीर्ण गरी सामुदायिक बैंकिङसँग सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्ष अनुभव भएको वा स्नातक तह उत्तीर्ण गरि ७ वर्षको सामुदायिक बैंकिङमा अनुभव भएको योग्यता हुनुपर्ने छ । ब्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, चार्टड एकाउन्टस विषयमा उत्तीर्णलाई विशेष प्राथमिकता दिने संस्थाले बताएको छ ।
संस्थाको आधिकारीक वभसाइटमा आवेदन फारम पाईने छ । इच्छुकले आवेदन केन्द्र्रीय कार्यालय रुपन्देही बुटवल उपमहानगरपालिका–१२ कालिकानर वा सम्पुर्ण शाखा कार्यालय वा इमेल गर्न सकिने संस्थाले जनाएको छ ।
छनोट अन्तरर्वार्ता माध्यमबाट गरिने संस्थाले बताएको छ । आवश्यक परेमा मात्र लिखित परिक्षा गरिने बताईएको छ ।




















