यी हुन आज शेयर बजारबाट धेरै कमाउने र गुमाउने १० कम्पनी
वि.सं.२०७९ साउन ६ शुक्रवार १४:१४
shares

काठमाडौं, ६ साउन । साताको अन्तिम कारोबारमा दिन शेयर बजार राताम्य बनेको छ । शेयर बजार २७.२६ अंकले घटेको हो । कारोबार रकम तथा कारोबार संख्या सबै घटेको दिन केही कम्पनीले भने कमाउन सफल भएका छन् ।
यी हुन सबैभन्दा धेरै कमाउने कम्पनीहरु
शुक्रबार कारोबार भएका २१२ कम्पनीमध्ये कृष्ण लघुवित्तले सबैभन्दा बढी नाफा कमाएको छ । लुघुवित्तले शेयर ८.४१ प्रतिशत बढेको छ । यो कम्पनीको शेयर शुक्रबार ७३.६० रुपैयाँले बढेर ९४९ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै धेरै कमाउनेको सूचीको दोस्रो स्थानमा गनपति लघुवित्त रहेको छ । यो लघुवित्तको शेयर मूल्यमा ६.०७ प्रतिशतले वृद्धि भएर १०२४ रुपैयाँ ७० पैसा पुगेका छ ।
त्यस्तै नयाँ साथी लघुवित्तको ४.०१ प्रतिशले बढेर ९१७ रुपैयाँ ९० पैसा पुगेको छ । सेन्टल फाइनान्सको शेयर मूल्य पनि शुक्रबार २.७६ प्रतिशतले बढेको छ । अघिल्लो कारोबारभन्दा ९ रुपैयाँले बढेको फाइनान्सको शेयर मूल्य ३३५ रुपैयाँ पुगेको हो । सानीमा लार्ज क्याप फण्ड पनि ०.२१ प्रतिशतले बढेर ८ रुपैयाँ ७१ पैसा पुगेको छ ।
यता गुडविल फाइनान्सको शेयर मूल्यमा पनि १.९९ प्रतिशतले बढेको बढेर ४९७ रुपैयाँ ७० पैसा पुगेको छ । प्रभु सेलेक्ट फण्डको शेयर मूल्य पनि बढेको छ । फण्डको मूल्य १.६४ प्रतिशले बढेर ८ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै १.२८ प्रतिशले बढेको स्वावलम्बन लघुवित्तको शेयर मूल्य ११४९ पुगेको छ भने राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य ०.९५ प्रतिशले बढेर १३ हजार ८१० रुपैयाँ पुगेको छ ।

यी हुन धेरै गुमाउने कम्पनीहरु
शुक्रबार सबैभन्दा धेरै गुमाउनेमा सप्तकोशी डेभलपमेण्ड बैंक रहेको छ । यो बैंकको शेयर मूल्यमा ५.७९ प्रतिशतले गिरावट आएको छ । शुक्रबारको कारोबार बन्द हुँदा यो बैंकको शेयर मूल्य २२६ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै शुक्रबार बढी गुमाउनेमा रुरु जलविद्युत परियोजना लिमिटेड रहेको छ । यो जलविद्युतको ४.७३ प्रतिशतले घटेर ७८६ रुपैयाँ पुगेको छ ।
त्यस्तै सुर्यदय युमि लघुवित्तको ४.५६ प्रतिशतले घटेर ७५४ रुपैयाँ पुगेको छ भने सिभिल लघुवित्तको ४.२६ प्रतिशतले घटेर ७८७ रुपैयाँ पुगेको छ । धेरै गुमाउने कम्पनीमध्ये हिमालय उर्जा विकास कम्पनीको ४.०५ प्रतिशतले घटेर २३० रुपैयाँ पुगेको छ ।
४.०३ प्रतिशले घटेको नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य २९७ रुपैयाँमा पुगेको छ । यता राष्ट्र उत्थान लघुवित्तको शेयर शुक्रबार ४.०२ प्रतिशले घटेर ९३० रुपैयाँमा झरेको छ । त्यस्तै लक्ष्मी इक्युटी फण्ड ३.८७ प्रतिशतले घटेर ९.४३ रुपैयाँमा झरेको छ भने सिभम सिमेन्ट लिमिटेडको शेयर मूल्य ३.८२ प्रतिशले घटेको छ ।
शुक्रबारको कारोबार बन्द हुँदा सिभम सिमेन्टको शेयर मूल्य प्रतिकित्ता ७७७ रुपैयाँ पुगेको छ । गोर्खाज फाइनान्सको शेयर मूल्य पनि ३.७७ प्रतिशतले घटेर ५०९ रुपैयाँ ९० पैसा कायम भएको छ ।
















