यी हुन शेयर बजारमा आज धेरै कमाउने १० कम्पनीहरु
वि.सं.२०७९ साउन १० मंगलवार १८:२१
shares
काठमाडौं, १० साउन । शेयर बजारमा मंगलबार ठूलो पहिरो गरेको छ । अघिल्लो दिन उच्च अंकले बढेको शेयर बजार मंगलबार ४४ दशमलव ८० अंकले ओरोलो लागेको थियो । उच्च अंकले बजारमा गिरावट आए पनि विभिन्न १० कम्पनीको शेयर मूल्यमा भेने वृद्धि भएको छ ।
आज शेयर बजारमा धेरै मूल्य वृद्धि हुनेमा मल्टिप्रपोज फाइनान्स कम्पनी अग्र स्थानमा रहेको छ । यो कम्पनीको शेयर मूल्यमा ९ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ । फाइनान्सको शेयर मूल्य २८ रुपैयाँ २० पैसाले बढेर ३३२ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै यो दिन सबैभन्दा धेरै कमाउनेको दोस्रो नम्बरमा सूर्योदय युमी लघुवित्त वित्तीय संस्था रहेको छ । यो संस्थाको शेयर मूल्यमा ६ दशमलव ७२ प्रतिशतले वृद्धि भएर ९५४ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ५९ रुपैयाँ ५० पैसा बढी हो ।
त्यस्तै मंगलबार युनाइटेड मोदि आइड्रोपावरको शेयर मूल्य पनि बढेको छ । कम्पनीको शेयर मूल्यमा ६ दशमल १९ प्रतिशतले बढेर २७८ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १६ रुपैयाँले बढी हो । समृद्धि फाइनान्स कम्पनीको शेयर मूल्य पनि ३ दशमलव २३ प्रतिशतले बढेर २८१ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ८ रुपैयाँ ८० पैसाले बढी हो । बलेफि हाइड्रोपावर कम्पनीको शेयर पनि ३ दशमलव १५ प्रतिशतले बढेर २९५ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारको तुलनामा ९ रुपैयाँले बढी हो ।
यता माउन्टेन इनर्जि नेपाल लिमिटेडको शेयर मूल्य पनि आज सकारात्मक देखिएको छ । यसको शेयर मूल्यमा २ दशमल ९९ प्रतिशतले बढेर २६२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनकोभन्दा २५ रुपैयाँले बढी हो । साम्लिङ पावर कम्पनीको २ दशमलव ५८ प्रतिशतले बढेर ४७८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १२ रुपैयाँले बढी हो । त्यस्तै गोर्खाज फाइनान्सको शेयर मूल्यमा २ दशमलव ३५ प्रतिशतले वृद्धि भएर ६१० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १४ रुपैयाँले बढी हो ।
त्यस्तै कुमारी डिबेन्चरको मूल्यमा पनि २ प्रतिशतले वृद्धि भएर ९२८ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनकोभन्दा १८ रुपैयाँ २० पैसा बढी हो । आज शेयर मूल्यमा वृद्धि हुने १० औँ कम्पनी नबिल डिबेन्चर रहेको छ । यसको शेयर १ दशलमल ९० प्रतिशतले बढेर ८०४ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १५ रुपैयाँले बढी हो ।
















