Dhulikhel Eco Banner new

यी हुन शेयर बजारमा आज सबैभन्दा बढी गुमाउने कम्पनी

6.33K
shares

काठमाडों, १० साउन । शेयर बजारमा मंगलबार ठूलो पहिरो गरेको छ । अघिल्लो दिन उच्च अंकले बढेको शेयर बजार मंगलबार ४४ दशमलव ८० अंकले ओरोलो लागेको थियो । आज शेयर बजार २०८८ दशमवल १६ अंकमा पुगेर रोकिएको छ । यो अघिल्लो कारोबारभन्दा २ दशमलव १० प्रतिशले कम हो ।

यी हुन आज सबैभन्दा बढी मूल्य घटेका १० कम्पनी :
मंगलबार सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा गनपति लघुवित्त वित्तीय संस्था रहेको छ । यो लघुवित्तको शेयर मूल्य ६ दशमलव ८२ प्रतिशतले घटेर १ हजार २५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनकोभन्दा ७५ रुपैयाँले कम हो । त्यस्तै रिभर फल्स लिमिटेडको शेयर मूल्यमा पनि ५ दशमलव ९९ प्रतिशतले गिरावट आएको छ । आजको कारोबार रोकिदा यो कम्पनीको मूल्य अघिल्लो दिनकोभन्दा १४ रुपैयाँ २० पैसाले घटेर २२३ रुपैयाँमा झरेको छ ।

यता सबैको लघुवित्त वित्तीय संस्थाको मूल्य पनि आज ५ दशमलव १३ प्रतिशतले घटेको छ । यो लघुवित्तको शेयर मूल्य अघिल्लो दिनभन्दा ६० रुपैयाँले घटेर १ हजार ११० रुपैयाँमा पुगेको छ । आज पोखरा फाइनान्स र गुह्येश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स को अपरेटिभको शेयर मूल्यमा पनि ५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

फोखरा पाइनान्सको शेयर मूल्य ५ दशमवल १० प्रतिशतले घटेर ४०९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा २२ रुपैयाँले कमी हो । त्यस्तै गुह्येश्वरीको ५ दशमलव ०३ प्रतिशतले घटेर ३५७ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनकोभन्दा १८ रुपैयाँ ९० पैसाले कम हो ।

त्यस्तै मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा पनि ४ दशमवल ८८ प्रतिशतले गिरावट आएर ३९० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा २० रुपैयाँले कम हो । नेपाल फाइनान्सको शेयर मूल्य पनि ४ दशमवल ६९ प्रतिशतले घटेर ३२५ रुपैयाँ पुगेको छ ।

त्यस्तै एन एम बी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्यमा ४ दशमलव ५३ प्रतिशतले कमी आएर ८४३ रुपैयाँ पुगेको छ । गुडविल फाइनान्सको शेयर मूल्यमा ४ दशमवल ४२ प्रतिशतले कमी आएर ५४० रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य ४ दशमवल २९ प्रतिशतले घटेर ८०३ रुपैयाँ पुगेको छ ।