Dhulikhel Eco Banner new

अन्नपूर्ण बहुमुखी सहकारीले बोलायो साधारणसभा

5.62K
shares

काठमाडौं, ११ साउन । अन्न्पूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडको २५ औं साधारण सभा हुने भएको छ । उपस्थिति सभा भदौं ६ गते देखि १० गते सम्म हुुने र निर्णय प्रमाणीकारण सभा भदौ १२ गते हुने संस्थाले जानकारी दिएको छ ।

उपस्थित सभा संस्थाको सम्पुर्ण शाखा कार्यालय र मुख्य कार्यलयमा हुने छ । निर्णय सभा भक्तपुर मध्यपुर थिमि–३ को गठ्ठाघर पार्टी प्यालेसमा हुने भएको छ ।

सभामा १४ विषय भएको संस्थाले जनाएको छ । जसमा विर्षिक कार्यक्रम प्रस्तुत गर्ने, अनुमानित बजेट प्रस्तुत गर्ने, आन्तरिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत, लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, शेयर लाभाशं तथा संरक्षित पुँजी फिर्ता कोष सम्बन्धमा, मर्जर सम्बन्धमा, विधान संशोधन, बहुउद्देश्यीय कार्य सञ्चालन, ब्याजदर परिवर्तको अख्तियारी सम्बन्धमा, निर्णय पुस्तिका प्रमाणित गर्न सदस्यको नाम छनोट सम्बन्धमा लगाएत विविध सम्बन्धमा रहेको संस्थाले जानकारी दिएको छ ।