Dhulikhel Eco Banner new

स्ट्याण्डर्ड चार्टर्ड बैंकले कमायो २ अर्ब २६ करोड बढी नाफा

6.62K
shares

काठमाडौं, ११ साउन । स्ट्याण्डर चार्टर्ड बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.२७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले खुदा नाफा १ अर्ब ३९ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक सम्मको अपरिष्कृत विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको नाफामा उल्लेख्य सुधार भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३३.१९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन मुनाफा ६१.५४ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ७५ पैसा बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ ।