Dhulikhel Eco Banner new

११ बैंकले कमाए ३१ अर्ब बढी नाफा

4.45K
shares

काठमाडौं, ११ साउन । वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । आर्थिक वर्ष सुरु भएको ३५ दिन भित्र विवरण सार्वजनिक गर्नु पर्ने भएकाले अहिले बैंकहरुले धमाधम विरण सार्वजनिक गरिरहेका छन् । २६ वटा वाणिज्य बैंकमध्ये अहिलेसम्म ११ वटा बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

यी सबै बैंकहरुको नाफा ३१ अर्बभन्दा बढी कमाएका छन् । ११ बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३० अर्ब १५ करोड रुपैयाँभन्दा बढीको खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नेमा ग्लोबल आईएई, सनराइज, सानिमा, लक्ष्मी, माछापुच्छ्रे एनआइसी एशिया, प्रभु, सिजिटन्स र एनसीसी, स्ट्यान्डर्ड चार्टर्ड र इन्भेष्टमेन्ट बैंक रहेका छन् ।

वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये १० वटाको नाफा वृद्धि भएको छ भने सानिमा बैंकको नाफा घटेको छ । सानिमा बैंकको नाफा १.०७ प्रतिशतले गिरावट आएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब २९ करोड २९ लाख ९ हजार ३२७ रुपैयाँमा झरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३१ करोड २१ लख ५८० रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा स्ट्यान्डर्ड चाटर्ड बैंकले २ अर्ब २६ करोड नाफा आर्जन गरेको छ । इनभेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड बढीको नाफा आर्जन गरेको छ । इन्भेष्टमेन्ट बैंकको नाफा १४.८३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले अघिल्लो आर्थिक वर्षकोभन्दा ६२.२६ प्रतिशत बढी हो ।

त्यस्तै एनसीसी बैंकले गत आर्थिक वर्षमा ५१.९८ प्रतिशतले खुद नाफामा वृद्धि गरी २ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा दर उच्च रहेको बैंकको दोस्रो नम्बर प्रभु बैंक रहेको छ । उसको नाफा वृद्धिदर ५१.११ प्रतिशत रहेको छ ।

बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको नाफा २५ प्रतिशतले वृद्धि भएको छ । बैंकले कुल ५ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरको छ । रकमका हिसाबमा वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्ये यो सबैभन्दा बढी हो । यो बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १६ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै उच्च नाफा वृद्धिदर हुनेमा सनराइज बैंक तेस्रो स्थानमा रहेको छ । उसले ४८.६९ प्रतिशत नाफा वृद्धि गरेको छ । सनराइज बैंकले एक आर्थिक वर्षमा २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो नाफा १ अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ रहेको थियो । त्यस्तै एनआइसी एशिया बैंकले अघिल्लो आवको खुद नाफामा ३८.८६ प्रतिशतले वृद्धि गरी गत आवमा ४ अर्ब ५२ करोड रुपैयाँ पु¥याएको छ । यो रकमका हिसाबले दोस्रो धेरै रकम हो ।

एक आर्थिक वर्षको समयमा माछापुच्छ्रे बैंकको खुद नाफा ३४.४३ प्रतिशतले वृद्धि भई २ अर्ब १६ करोड पुगेको छ । अघिल्लो आवमा यस्तो नाफा १ अर्ब ८० करोड रुपैया थियो । यो अवधिमा लक्ष्मी बैंकको नाफा १.७६ प्रतिशतले मात्रै वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोडभन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ दुख नाफा कमाएको थियो ।